A Poem on “Tribute to Frontline Workers.” by Prabin Yadav. This poem is written during the COVID-19 (Corona) Pandemic representing the heroism of Frontline Workers.
तिमी अनि तिम्रो पेशा दुबै मन पर्छ मलाई,
पहिले तिमी नर्स होउ भनेर चिनाउन अप्ठयारो लाग्थ्यो मलाई।
तर, अहिले हेर स्थिती कस्तो आयो,
तिम्रो पेशालाई समाजले चिन्न पायो।
सुरुमा तिमीले नर्स पढ्छु भन्दा गाली गर्ने मै हो
तर आज तिमी नर्स भएकोमा गर्व गर्ने मै हो।
तिमी हरेश नखाउ म छु तिम्रो साथमा,
बिरामी प्रती माया बढाँउ जिम्मेवारी उठाउ काधमा।
२४ घन्टा डयूटी गर्नैपर्छ भनेर बिरामीको बेवस्ता नगर्नु,
समाचार सुन्दा डर लाग्छ त्यसैले आफ्नो पनि ख्याल गर्नु।। -प्रबिन यादव
Leave a Comment