“नयाँ वर्ष”
घण्टा,मिनेट र सेकेन्ड
सुईले पलपल मान्छेको
उमेर धकेल्दै,
पोहोर साल भन्दा पोहोर जस्तै
नयाँ वर्ष आएको छ।
दिन हप्ता र महिना गन्दै
भित्ते पात्रो फेर्नलाई
पोहोर साल जस्तै
नयाँ वर्ष आएको छ।
घरको भित्तामा हरेक
वर्ष नयाँ पात्रो फेरी रह्यो ?
अहँ मन भित्रको पात्रो
अहिले सम्म फेरिएन ?
पोहोर साल जस्तै
पोहोर भन्दा पोहोर साल जस्तै
हो! यो वर्ष पनि घरको भित्तामा
नयाँ पात्रो झुन्डिने निश्चित छ।
भित्तामा झुण्डिएको पात्रो सँग
वर्ष भरीका सपना सँगै झुन्ड्याउनु छ।
यात्रामा हिँड्दै गरेका प्रियजनहरुको लागि
भित्तामा झुन्डिएको पात्रो हेर्दै लेख्नु छ,
एउटा शुभकामना पत्र !
#नयाँ_वर्षको_शुभकामना, २०७७
#STAYHOMESTAYSAVE
[…] […]