स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका नेपाली साहित्यकार कवि र गीतकार माधव प्रसाद घिमिरेको जन्म वि. सं. १९७६ असोज ७ गते पुस्तुन गाउँ, लमजुङ्ग जिल्लामा भएको थियो । नेपाली समाजमा कवि माधव प्रसाद धिमिरेले खेलेको भूमिका अतुलनिय रहेको छ । कवि घिमिरेले थुप्रै रचनाहरु प्रकाशन गर्नु भएको छ । घिमिरेका रचनाले नेपाली समाजको शिर उचो पारेको छ ।
आफ्नो सम्पूर्ण जीवनलाई विविध रचनाहरुमा समावेस गर्दै जीवनलाई प्रकृति संग जोडेर प्रकृति संगै रमाउदै समाजमा भएका विभिन्न घटनाहरुलाई आफना रचनामा प्रकाशन गर्दै आएका थिए । घिमिरेले थुम्प्रै रचनाहरु बजारमा ल्याउनु भएको छ । घिमिरे बाल्यावस्था देखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्ध जस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा व्यक्ति थिए ।
घिमिरेले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो पहिलो कविता छपाएका थिए। घिमिरेका केहि प्रमुख कविता सङ्ग्रह बजारमा प्रकाशित छन् । जसमा: वि.सं. १९९४ मा नवमञ्जरी, वि.सं. २०१० मा घामपानी, वि.सं. २०१३ मा नयाँ नेपाल, र वि.सं. २०३३ मा किन्नर-किन्नरी सङ्कलित छन्। घिमिरेलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो ।
नेपाली साहित्यका धरोहर एक स्कुले बालबालिका देखि सबै उमेरका साहित्य प्रेमीहरुको मन मस्तिकमा सधै भरि रहनु भएका घिमिरे नेपाली समाजमा युगयुग सम्म रहिरहने छन् । माधव प्रसाद घिमिरेले १०१ वर्षको जीवन सम्म नेपाली समाजको साहित्य र सस्कृतिमा पुर्याउनु भएको योगदान बारे नेपालि माटोले सधै स्मरण गरिरहने छ । घिमिरे द्वारा लेखित “गौरी” खण्डकाब्य युवादेखि पाको उमेर सम्मका सबैले मन पराएका छन् । यस्तै थुप्रै रचनाहरु लेख्नु भएको छ ।
गाउँछ गीत नेपाली, जोतिको पंखा उचाली
जय, जय, जय नेपाल सुन्दर शान्त विशाल ….
नेपाली हामी रहुँला कहा नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ….
जस्ता थुप्रै रचनाले नेपालको शिर उचाईमा पुराउनु भएको छ । नेपाली साहित्यका मिता घिमिरेको वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौं, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा मृत्यु भएको हो।
माधव प्रसाद घिमिरेकाकेहि महत्पूर्ण रचनाहरु:
१. गाउँछ गीत नेपालि, जोतिको पंखा उचाली
२. नेपाली हामी रहला कहाँ, नेपालै नरहे
३. सारंगी त रेतेपनि
४. फुलको थुङ्गा
५. लाग्दछ मलाइ
६. आजै र राति
७. आज भोलि दुख्दै
८. यो छायाँ छवी
९. पानी सिमसिम बर्सिएर
१०. सय र पत्री
११. आयों बादल गर्जिएर आदि ।
कवि माधव प्रसाद घिमिरेको भौतिक शरीर हामी सामु नरहे पनि उहाँका रचना हामी सामु सधैँ रहिरहने छन् ।
Leave a Comment