त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७७ सालमा संचालन हुने पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिंग साइकोलोजी ,स्कुल साइकोलीेजी,र पोष्ट ग्राजुएट उमन स्टडीजको पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि परीक्षा तालिका सार्वजनिक गरिएको छ ।
पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिंगको परीक्षा तालिका सार्वजनिक तल हेर्न सक्नु हुनेछ:
परीक्षा समयः दिउसो १२ बजेदखि ३ बजेसम्म
परीक्षा केन्द्र : महेन्द्ररत्न क्याम्पस,ताहाचल
महत्पूर्ण कुरा थाहा पाइराख्नुहोस :
१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुका निमित्त पुनः अर्का व्यवस्था गरिने छैन । २. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
३. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।
४.परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिएर मात्र प्रयोग गर्नुपर्नेछ ।
५. परीक्षा केन्द्रहरुले सैद्धान्तिक परीक्षा सकिएको एक हप्ता भित्र (काठमाण्डौ उपत्मका बाहेक) उत्तरपुस्तिकाहरु र हाजिरी बिबरण तथा एक महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उत्तरपुस्तिकाहरु तथा हाजिरी बिबरण अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।
६. परीक्षा भवनभित्र मोबाइल फोन, स्मार्ट वाच, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।
७. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन ।
८. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।
९. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत: रद्द हुनेछ ।
[…] जहाँ रहनुहोला, सुरक्षित रहनुहोला। […]