कोरोना भाइरस (CORONA VIRUS) भनेको के हो?
यो एक प्रकारको भाइरल इन्फेक्सन हो।यसलाई RNA भाइरस पनि भनिन्छ। यो अहिले देखिएको भाइरस होइन पहिला देखिन नै देखापरेको भाइरस हो। सन् २००३ मा सार्स (SARS) नामको भाइरस फैलिएको थियो त्यो पनि कोरोना भाइरस नै हो।
सन् २०१५ मा मर्च नामको भाइरस पनि फैलिएको थियो , यस्तै धेरै प्रजातिका भाइरसहरु ‘कोरोना भाइरस’ भित्र पर्ने गर्दछन।सर्ब प्रथम सन् १९६० मा पता लागेको हो कोरोना भाइरस यो पनि अरु भाइरज जस्तै हो। जस्तै- रुघा खोकी,राइनो भाइरस आदि।
कोरोना भाइरस (CORONA VIRUS) कसरि सर्छ ?
जनावरहरु (जस्तै – कुखुरा, सुँगुर,कुकुर आदि) को पेटमा संक्रमण भएर नै मानिसमा सर्ने गर्दछ, त्यसपछि मानिस मानिस बीच सर्ने गर्दछ। यो रोग लागेपछि सबै भन्दा बढी स्वश्प्रसासमा अलि बढी नै असर पुराउने गर्दछ। यो भाइरसले कलेजो,मिर्गौला र मुटुमा समेत असर पुराउने गरेको पाइएको छ।
– संक्रमित व्यक्तिले खोक्दा या हाछ्यु गर्दा,
– संक्रमित व्यक्ति संग संगै खादा,
– संक्रमित व्यक्तिले प्रयोग गरेको सामान सफा नगरी प्रयोग गरेमा।
नोबेल कोरोना भाइरस ( NOBEL CORONA VIRUS) भनेको के हो?
यो नयाँ प्रजातिको कोरोना भाइरस हो जुन मानब जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरुमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघा खोकी लेखि स्वश्प्रसास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ।
नोवेल कोरोना भाइरस ( NOBEL CORONA VIRUS) कहिले देखिएको हो?
चीनको हुवेइ प्रदेशको वुहान सहरमा पहिलो पटक चिनमा २०१९ को डिसेम्बरको मध्यमा देखिएको थियो। यस भाइरसको नाम ‘२०१९-NCOV’ राखिएको छ। चीनले सन् २०२० जनवरी १२ मा चीनको उहानमा नोबेल कोरोना भाइरसको संक्रमणले सरुवा निमोनिया फैलिएको जानकारी विश्व स्वास्थ्य संगठन लाई जानकारी गराएको थियो। नोवेल कोरोना भाइरस (२०१९-NCOV) सन् २००३ मा चीनमा फैलिएको SARS र सन् २०१२ मा मध्यपूर्वको MERS कोरोना भाइरस भित्र कै एउटा ठुलो सदस्य हो जुन जनावर र मानिस बीच सर्ने गर्दछ।
नोवेल कोरना भाइरस( NOBEL CORONA VIRUS) को स्रोत के लाइ मान्न सकिन्छ?
यो भाइरस जनावर बाट नै मानिसमा सरेको भने अहिले सम्म कुनै वैज्ञानिक तथ्यांक देखा परेको छैन तर वैज्ञानिकहरुका अनुसार चीनको हुवेइ प्रदेशको उहान सहरको समुन्द्री खाना तथा पशु बजारमा चमेराहरू,कोब्रा सर्पहरु जस्ता बन्यजन्तु उपभोग भएको ले त्यहा बाट भाइरस एक्सपोस भएको हुन सक्ने सम्भावित कारण बताएका छन् अनुसन्धान कर्मिहरुले! यो भाइरस कसरि मानिसमा सरेको हो भन्ने कुरा अहिले सम्म एकिन भैसकेको छैन।
नोवेल कोरोना भाइरस ( NOBEL CORONA VIRUS) हाल सम्म कति देशमा फैलिएको छ?
विश्व स्वास्थ्य संगठन (WHO) को सन् २०२० जनवरी ३० बिहबारको दिन जेनेभामा बसेको आपतकालीन बैठकले चीनको उहान वाट फैलिएको कोरोना भाइरसले संक्रमण रुप लिएको ले विश्व स्वास्थ्य संगठनले ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ। WHO का अनुसार हाल सम्म २२ वटा भन्दा बढी देशमा फैलिएको र १५ वटा देश मा नोबेल कोरोना भाइरसको पुष्टी भैसकेको जनाएको छ। २४ वटा देश मा संक्रमण देखि पनि चिन बाहेक अन्य देशमा अहिले सम्म मुर्तु भएको छैन।
हालसम्म (January 30 AD 2020) कुन देश मा कति संक्रमित भेटिएका छन्?
चीन – २१३ मृत्यु, ९६९२ संक्रमित
थाइल्यान्ड – १४ जना संक्रमित
हङकङ – १२ जना संक्रमित
जापान – ११ जना संक्रमित
सिंगापुर – १० जना संक्रमित
अस्ट्रेलिया, ताइवान – ९/९ जना संक्रमित
मलेसिया, मकाओ – ७/७ जना संक्रमित
अमेरिका, फ्रान्स, दक्षिण कोरिया – ६/६ जना संक्रमित
जर्मनी, यूएई – ४/४ जना संक्रमित
भियतनाम, क्यानडा इटाली – २/२ जना संक्रमित
नेपाल, कम्बोडिया, श्रीलंका, फिनल्यान्ड, फिलिपिन्स, भारत – १/१ जना
चीनले २ दिनमै बनायो ‘नोवेल भाइरस अस्पताल‘ ?
चीनको वुहान सहर घातक कोरोना भाइरससँग जुधिरहेको छ। १० लाख जनसंख्या रहेको उहानमा संक्रमण फैलिरहेको बेला अस्पतालको स्थिति चिन्ताजनक , विरामीको र औषधिको अभाव भएको बेला चीनले कोरोना भाइरस उपचारको लागि नयाँ (छुट्टै) अस्पताल निर्माण गरेको छ। निर्माण गर्न सुरु गरेको ६ दिनमा अस्पताल तयार गरेको छ।२५ हजार वर्गमीटर इलाकामा फैलिएको र एक हजार शैयाको अस्पताल बनाएर बिरामीको उपचार गरिरहेको छन् ।
दुइ दिनमै कोरोना भाइरस अस्पताल तयार गरेको चीनले ‘दुष्ट भाइरस’ संग लडिरहेको चिनियाँ राष्ट्रपती सी चिनफ़िङ्ग ले जनाउनु भएको छ आफ्नु देश दुष्ट भाइरस संग लडेर जित्नेमा विश्वस्त रहेको बताएका छन्। चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (WHO) प्रमुख डा. टेड्रोस एड्हानम घेब्रेयसुससँगको भेटवार्ताका क्रममा राष्ट्रपति सीले कोरोना भाइरसको संक्रमण थप फैलन नदिन आफ्नो निर्देशनमा काम भइरहेको जनाए । यो महामारी फैल्याउने दुष्ट भाइरसलाई हामीले लुक्न दिने छैनौं राष्ट्रपति सी ले भन्नु भयो।
नोवेल कोरोना भाइरल ( NOBEL CORONAVIRUS) का मुख्य लक्षणहरु के के हुन्?
– १००.४ डिग्री फेर्नाहाइट भन्दा माथि ज्वरो आउनु,
– स्वश्प्रसासमा अत्यधिक समस्या देखापर्नु,
– रुघा र खोकी लाग्नु,
– मंसपेसिहरु दुखने,
– असामान्य तरिकाले टाउको दुखने,
– कहिकाही झाडापखाला हुने,
– अन्यमा निमोनिया, सेप्तिक सक, किड्नी फेलियर,कार्डियाक इन्जुरी पनि देखिन्छन।
नोवेल कोरोना भाइरस ( NOBEL CORONA VIRUS) बाट कसरि जोगिने/बच्ने र अरुलाई बचाउने?
-नियमित रुपना साबुन पानीले हात धुने,
– खोक्दा र हाछ्यु गर्दा नाक र मुख छोप्ने,
– जंगली तथा घरेलु पशुपन्छी हरु संग असुरक्षित सम्पर्कबाट टाढा रहने,
– पशुपन्छी हरुको मासु/अण्डा राम्रो संग पाकेको मात्रै खान्ने,
– बिरामी मान्छेको सम्पर्क बाट सुरक्षित रहने,
– प्रशस्त मात्रामा झोलिलो खाने कुरा खाने,
– सरसफाइमा ध्यान दिने,
– यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सक संग परामर्श/सलाहा लिने आदि।
[…] विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना… […]
[…] औषधियुक्त तत्व जसले विभिन्न किसिमका प्रणघातक रोगहरुलाई निर्मुल पार्नका लागि उल्लेखनिय […]