नेपालमा महानगरपालिका, उप-महानगरपालिका र नगरपालिका गठन सम्बन्धि के कस्ता आधार तथा ब्यबस्थाहरु गरिएको छ त? आउनुहोस् आज हामी नगरपालिका गठन गर्न को लागि आवस्यक ब्यबस्थाहरु कुराको जानकारी आदान प्रदान गरौँ।
नगरपालिका गठन गर्न को लागि आवस्यक ब्यबस्थाहरु के कस्ता छन् त:
नेपालमा हाल ६ वटा महानगरपालिका, ११ वटा उप-महानगरपालिका र २७६ वटा महानगरपालिका रहेका छ। स्थानीय सरकार संचालन ऎन २०७४ अनुसार नेपालमा रहेका महानगरपालिका, उप-महानगरपालिका र नगरपालिका हरु निम्नानुसार उलीख गरिएका छन्।
महानगरपालिका ६ वटा:-
- काठमाडौँ महानगरपालिका
- ललितपुर महानगरपालिका
- भरतपुर महानगरपालिका
- पोखरा-लेखनाथ महानगरपालिका
- विराटनगर महानगरपालिका
- बिरगंज महानगरपालिका
उप-महानगरपालिका ११ वटा:-
- इटहरी उप-महानगरपालिका
- धरान उप-महानगरपालिका
- जनकपुर उप-महानगरपालिका
- हेटौडा उप-महानगरपालिका
- कलैया उप-महानगरपालिका
- जितपुर उप-महानगरपालिका
- बुटवल उप-महानगरपालिका
- तुलसीपुर उप-महानगरपालिका
- घोराही उप-महानगरपालिका
- नेपालगंज उप-महानगरपालिका
- धनगढी उप-महानगरपालिका
महा – नगरपालिका गठनका आधारहरु :-
- कुल सडक लम्बाई को ७५ प्रतिशत सडकहरु पक्कि भएको,
- स्नातकोतर सम्मको अध्ययन सस्थां भएको,
- कम्तिमा ५ लाख स्थायी बासिन्दा भएको,
- पछिल्लो ५ वर्ष को औसत वार्षिक आन्तरिक आयु कम्तिमा एक अर्व भएको,
- टर्मिनल सहितको बसपार्क, पार्किङ्ग का लागि पर्याप्त सुबिधा, सब बे तथा सडक पेटी भएको,
- विशेष सेवा सहित को अस्पलात हुनु पर्ने, जसमा १०० शैयाको कम्तिमा एक साधारण अस्पताल सहित भएको,
- सपिङ्ग महलको ब्यबस्था भएको,
- ब्यबस्थित तरकारी तथा फलफुल बिक्रि केन्द्र भएको,
- अन्तराष्टिय स्तरको खेलकुद संचालन गर्न उपयुक्त रंगशाला भएको,
- अन्तराष्टिय स्तरको विमानस्थल आगमन मा सहज पहुच भएको,
- अन्तराष्टिय स्तरको सभा हल तथा अन्तराष्टिय स्तरको ब्यापारिक प्रदशनी स्थलको ब्यबस्था भएको,
- संग्रहालय भएको,
- प्राविधिक शिक्षालय भएको,
- अन्तराष्टिय स्तरको होटल सुबिधा भएको,
- आफ्ना क्षेत्र भित्र रहेका विशेष महत्वका सम्पदाको संरक्षण भएको,
- पर्याप्त मनोरंजन स्थल भएको,
- शहरी हरियाली तथा सौन्दर्य भएको,
- तोकिए बमोजिमको अन्य शहरी सुबिधा भएको,
- आदि।
उप-महानगरपालिका गठनका आधारहरु :-
- कम्तिमा २ लाख स्थायी बासिन्दा भएको,
- कम्तिमा १०० शैया को १ अस्पताल सहित कम्तिमा २०० शैयाको अस्पताल सुबिधा भएको,
- पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरिक आय कम्तिमा रु २५ करोड भएको,
- फोहोर मैला प्रशोधन तथा ब्यबस्थापन प्रणाली भएको,
- सभा हल भएको,
- राष्टिय स्तरको रंगशाला, व्यायामशाला तथा कभर्ड हल भएको,
- खानेपानी, संचार लगायतका महत्वपूर्ण सेवाको उपलब्धता भएको,
- नगर भित्रका प्रमुख पक्कि भएको,
- उच स्तरिय शिक्षा तथा प्राविधिक शिक्षाको सुबिधा भएको,
- सार्बजनिक उधान र नगर सभा गृह को ब्यबस्था भएको,
- सार्वजनिक प्रयोगका स्थल र भवनहरु आपंगतामैत्री तथा भौतिक रुपमा पहुच योग्य भएको,
- पर्यटकीय स्तरको होटल, मोटल तथा रिसोर्ट भएको,
- नगरपालिकालाई तोकिएको अन्य पूर्वाधार भएको,
- तोकिए बोमोजिमको अन्य शहरी सुबिधा भएको,
- आदि।
नगरपालिका गठनका आधारहरु :-
- हिमाली जिल्लाको हिमाली क्षेत्रमा कम्तिमा १० हजार, हिमाली जिल्लाको पहाडी क्षेत्र तथा पहाडी जिल्लामा कम्तिमा ४० हजार, भित्रि मधेशका जिल्लामा कम्तिमा ५० हजार, तराइका जिल्लामा कम्तिमा ७५ हजार र काठमाडौँ उपत्यका भित्रका जिल्लामा कम्तिमा १ लाख स्थायी बासिन्दा भएको,
- पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरिक आय हिमाली क्षेत्रको भए कम्तिमा रु १ करोड र अन्य जिल्ला मा भए कम्तिमा रु ३ करोड भएको,
- सडक, सडक पेटी, बिधुत, खानेपानी, संचार र त्यस्ता अन्य न्युनतम शहरी सुबिधा भएको,
- गोहोरा मैलाको ब्यबस्थापन तथा ल्यांड्डी फिल्ड साइटको उचित प्रबन्ध भएको,
- प्रत्येक वडाको तोकिए बोमोजिमको खुल्ला क्षेत्र तथा पार्क उधान भएको,
- कम्तिमा २५ शैयाको अस्पताल सुबिधा भएको,
- यात्रु विश्साम स्थल तथा सार्वजनिक शौचालय सहितको बसपार्क भएको,
- खानेपानी तथा सरसफाइको व्यवस्था भएको,
- बैंक तथा वितिय संस्थानको सेवा भएको,
- सामुदायिक भवन तथा सभाहल भएको,
- बजार क्षेत्र भएको,
- पशुवधशाला भएको,
- शवदाह स्थल भएको,
- खेल मैदान भएको,
- नगर गुरुयोजना तयार भएको,
- टोकिय बोमोजिमका अन्य मापदण्ड पुरा भएको,
- शहरी सुबिधा भएको,
- आदि।
नगरपालिका गठन गर्न को लागि आवस्यक ब्यबस्थाहरु यिनीहरु नै हुन्। केही सल्लाह सुझाव छन् भने कृपया हामीलाई Facebook Page मार्फत सम्पर्क गर्न सक्नुहुनेछ, धन्यावाद।
Leave a Comment